अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिनुभएको छ । बेलायतमा एक पूर्व रुसी जासूसलाई विष दिएर हत्या गरेको प्रकरणमा अमेरिकाले यो कदम चालेको हो । त्यस्तै, जर्मनी तथा फ्रान्सको विदेश मन्त्रालयले पनि ४ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ ।
यो प्रकरणमा अन्य यूरोपेली देशहरुले पनि रुसविरुद्ध कडा प्रतिक्रिया दिने जनाएका छन् । रोयटर्सका अनुसार अमेरिकाले सियाटलमा रहेका रुसी कन्सुलरको कार्यालय पनि बन्द गर्न आदेश दिएको छ । अमेरिकामा ४८ जना रुसी कुटनीतिज्ञ वाशिंगटनमा रहेको रुसी राजदुतावासमा रहेका छन् भने अन्य न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि कार्यरत छन् ।
Comment Here!
थप मिसाइल परीक्षण नगर्ने उत्तरकोरियाको घोषणा, ट्रम्पले भने– अभूतपूर्व !
हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?
७२ हजारमा भारतका प्रधानमन्त्री मोदीलाई एक युवकले बनाएर दिए मोटरसाइकल, जस्ले कारलाई पनि मात खुवाउने छ हेर्नुहोस भिडियोमा
जड्या को–पाइलटका कारण १०६ यात्रु अलपत्र