काठमाडौँ । भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् ।
बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएका हुन् ।
हरेक बर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पुर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो ।
सोमबारसम्म कोलकाता बन्दरगाहबाट नेपालको लागि चलान भइसकेको १४ सय २३ कन्टेनर त्यहाँबाट हिड्न पाएका छैनन् ।
थप पाँच सय भन्दा बढी कन्टेनर चलान हुन बाँकी छ । यता जहाजमा आएका कन्टेनर ओराल्ने ठाउँ नपाएर डक (किनार) मा ल्याउन सकिएको छैन ।
नागरिक दैनिकमा खबर छ ।
Comment Here!
रंगशाला निर्माण अभियान: गोदावरीमा जग्गा प्रस्ताव, दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना
सर्वोच्चको व्याख्या : सार्वजनिक बिदा अधिकार होइन
भदौदेखि बहुविवाह शब्द खारेजः बलात्कारीलाई यस्तो सजाय
व्यवसायीको हड्ताललाई लाक्षित गरी सेना–प्रहरीका चालक तयारी अवस्थामा