hamrodesh.com

पत्रकार महासंघद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
दोषीलाई कार्वाही हुन्छ : गृहमन्त्री

८ जेठ, काठमाडौं । आदिवासी जनजाति संगठनको बन्दको क्रममा सञ्चारकर्मीमाथि आक्रमण भएको बिरोधमा नेपाल पत्रकार महासंघले गृहमन्त्री विजयकुमार गच्छदार समक्ष ज्ञापनपत्र बुझाएको छ ।

महासंघ अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गृहमन्त्रालय पुगेको महासंघको टोलीले सञ्चारकर्मीमाथि भैरहेका आक्रमण तत्काल रोक्न र दोषीलाई कार्वाही गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो । पत्रकारमाथि आक्रमण भैरहँदा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै पत्रकारले आक्रोश पोखेका थिए ।

जवाफमा गृहमन्त्री गच्छदाराले प्रदर्शनलाई मुठभेडमा जान नदिन प्रहरीले संयमता अपनाएको भएपनि प्रेसमाथिको आक्रमण रोक्न निर्देशन दिएको बताउनुभयो । उहाँले आक्रमणमा दोषीलाई कार्वाही हुने प्रतिबद्धता पनि जनाउनुभयो ।

उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन
मिडियालाई पूर्ण सुरक्षा दिइने

८ जेठ, काठमाण्डौं । प्रधानमन्त्री डा. बावुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा वसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री डा. भट्टराईले जेठ १४ आसपासमा हुन सक्ने सम्भावित अपि्रय घटनाहरु रोक्न उच्च सर्तकता र संयमताका साथ काम गर्न निर्देशन दिनुभएको हो ।

जेठ १४ आसपासमा विभिन्न माग राखि आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरिने भए पनि सुरक्षा निकायहरु सर्तक रहेर परिस्थीतिलाई नियन्त्रणमा राख्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले सुरक्षा निकायलाई आफ्नो कर्तव्य दृढतापूर्वक पालना गर्न निर्देशन दिनुभयो । कसैले आन्दोलमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाईपूर्वक रोक्न पनि उहाँले निर्देशन दिनुभयो । प्रेस, मावअधिकारकर्मी, कुटनितीक नियोगमाथि तोडफोड र हिंसा गर्छ भने त्यसलाई गम्भीरतापूर्वक लिएर रोक्न र कारवाहि गर्न उहाँले निर्देशन दिनुभयो ।

सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिादै प्रधानमन्त्रीले त्यसको तयारी र संरक्षण सरकारले गर्ने स्पष्ट पार्नुभयो ।

आईतवार बन्दकर्ताहरुले प्रेसमाथि गरेको आक्रमण अत्यन्त दुरभाग्यपूर्ण भएको पनि प्रधानमन्त्रीले बताउनु भयो । कुनै पनि किसिमबाट मिडियामाथि आक्रमण हुन नपाओस् भन्दै प्रधानमन्त्रीले मिडियाकर्मीलाई पूर्ण सुरक्षा दिन निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।

बन्दको क्रममा दैनिकरुपमा अति आवश्यक वस्तुको आपुर्तिमा कमि आउन सक्ने तर्फ पनि उहाँले सचेत गराउनु भएको छ । अत्यावश्यक सामान खासगरी खाद्यान, औषधि, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आपुर्तिमा कमि आउन नदिने योजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

प्रतिगामि शक्तिहरुले जातिय हिंसा भड्काएर संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने, संविधानसभा विघटन गर्ने षडयन्त्र गर्न सक्नेतर्फ सरकार सचेत रहेको प्रधानमन्त्रीले बताउनुभयो । कुनै पनि बहानामा जातिय सद्भाव विथोल्ने, भड्काउने शान्ति र संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्नेहरुका विरुद्ध सरकार कडाई पुर्वक प्रस्तुत हुने प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो ।

आफ्ना मागहरु राख्दा शान्ति र संविधानिर्माण प्रक्रियामा असर पुग्छकी भन्ने तर्फ पनि ध्यान दिन प्रधानमन्त्रीले आन्दोलनकर्ताहरुलाई आग्रह गर्नुभयो ।

वैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

राष्ट्रपतिले भने- ‘जेठ १४ मा जसरी पनि संबिधान ल्याउनुस’
८ जेठ, काठमाण्डौ । संविधान जारी गर्ने समय ७ दिनमात्र बाँकी रहँदा राष्ट्रपति डा. रामवरण यादबले शीर्ष तीन दल र मधेशी मोर्चाका नेताहरुसंग परामर्श गर्नु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका बिजयकुमार गच्छदारलाई शितल निवासमा भेट्नुभएका राष्ट्रपतिले संबिधान जारी गर्न भइरहेका तयारी र जारी जातीय प्रर्दशनहरुबारे चासो राख्नुभएको बताइएको छ ।

संबिधान जारी गर्न सात दिनमात्र बाँकी रहँदा पनि संबिधान बनाउने तयारी तिब्र नभएको प्रति चासो राख्दै राष्ट्रपति यादवले जसरी पनि जेठ १४ मै संबिधान जारी गर्नुपर्ने बताउनुभएको छ । निर्धारित समयमा संविधान जारी नहुँदा देश गम्भीर दुर्घटनामा पर्ने भएकाले त्यसप्रति सचेत भएर जसरी भएपनि समयमै संविधान जारी गर्नु पर्नेमा जोड दिनु भएको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।

उहाँले सवै जातजाति एक भएर जानुको विकल्प नरहेको भन्दै वार्ताका माध्यमवाट सहमति खोजी अघि वढ्न शीर्ष दलका नेताहरुलाई सुझाव दिनु भएको राष्ट्रपतिनिकट स्रोतले जानकारी दियो ।

चार दलका नेताहरुसँगको सामुहिक भेटलगत्तै राष्ट्रपति यादबले प्रधानमन्त्री डा वावुराम भट्टराईसंग पनि परामर्श गर्नुभएको छ ।

सरकार र आदिवासी संर्घष समितिबीच वार्ता जारी
८ जेठ, काठमाण्डौ । आदिवासी जनजाति संघर्ष समिति र सरकारबीचको वार्ता जारी रहेको छ । वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाई र घाइतेको उपचार खर्चको व्यहोनु पर्ने सर्त राख्ने र सर्त पूरा भएमात्र वार्ता अघि बढ्ने वार्ता टोली सदस्य एवं आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले बताउनु भयो । सरकारसँगको वार्ताका लागि संघर्ष समितिले राजकुमार लेखी, मल्लके सुन्दर, सुरेश आलेमगर लगायतको २६ सदस्यीय वार्ता टोली बनाएको छ ।

आदिवासी जनजातिको अडानपछि प्रधानमन्त्रीको सरकारी निवासमा विहान ८ बजेपछि सुरु हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।

जातीय पहिचान सहितको संघीयताको माग गर्दै आन्दोलनमा उत्रिएको आदिवासी जनजाति संयुक्त संघर्ष समितिलाई सरकारले हिजो नै वार्ताका लागि आहृवान गरेपनि प्रधानमन्त्री वाहेक अरुसंगको वार्तामा नबस्ने वताएपछि वार्ता सोमवार विहानका लागि तय गरिएको थियो ।

सरकारले वार्ताका लागि आहृवान गरेपछि आन्दोलनरत जनजाति महासंघ र संघर्ष समितिका पदाधिकारीवीच मतमतान्तर भएको थियो । यसैवीच जातीय पहिचान सहितिको संघीयतको माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आहृवान गरेको तीन दिने नेपाल वन्दको दोस्रो दिन आज पनि विहानै देखि राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । वन्दका कारण शिक्षण संस्था, उद्योग कलकारखाना, सवारीका साधन ठप्प छन् ।

नुवाकोटवासीले नेवा राज्यको फोहोर फाल्न नदिने
८ जेठ, काठमाण्डौं । नुवाकोटको सिसडोलबासीले राजधानीको फाहोर नेवा राज्यको भएको भन्दै ताम्सालिङ राज्य फाल्न नपाईने घोषणा गरेको छ । राजधानीमा दिनहुँ जसो उत्पन्न हुने हजारौं मेटि्रकटन फोहोर फाल्न नुवकोटबासीले अवरोध गरेका हुन् ।

राज्य पुर्नसंरचना गर्दा राजधानी काठमाण्डौंलाई नेवा राज्यमा र छिमेकी जिल्ला नुवाकोट ताम्सालिङ राज्यमा पार्ने प्रस्ताव गरिएको छ । उनिहरुले जातिय राज्यको विरोधमा फोहोर फाल्न नदिएको बताएका छन । आन्दोलनमा सवै पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको बताईएको छ ।

सोमबार विहानै जितपुरफेदीको चोकमा भेला भएका ओखरपौवा र आसपासका पाँच सय भन्दा बढी सर्वसाधारणले फोहोरका गाडी ओखरपौवा छिर्न नदिई फर्काएका हुन् । ओखरपौवाका गोविन्द घिमिरेले विहान काठमाडौँबाट आएका ५० वटा फोहोरका गाडी फर्काइएको बताउनुभयो ।

काठमाडौँमा नेवाः जातिय र नुवाकोटमा ताम्सालिङ जातिय राज्यको माग गर्दै जारी तोडफोडयुक्त बन्द चलिरहँदा नुवाकोटमा काठमाडौँको फोहोर विर्सजन गर्न नदिएको घटनालाई ओखरपौवावासीले जातिय राज्यको विरुद्धको सङ्केत मात्रै बताएका छन् ।

मन्त्रिपरिषद् वैठक वस्दै
८ जेठ, काठमाण्डौ । नेपाल सरकार मन्त्रिपरिषद्को वैठक आज वस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ ५ बजे वस्ने वैठकमा सरकारको दैनिक काम कारवाही र मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री डा वावुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय स्वरुप पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को वैठक बस्न लागेको हो ।

रिपोर्टस क्लवमा भएको के थियो, हेर्नुस भीडियोमा
७ जेठ, काठमाडौ। नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिएपछि आज रिपोर्टर्स क्लवमा रणभुमि बन्यो।

क्लवमा भएको साक्षात्कार कार्यक्रममा शेर्पाले प्रेसमाथि भएको आक्रमणविरुद्ध पत्रकार महासंघले र्‍याली निकाले बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले उनको त्यो भनाईप्रति विरोध गरेका थिए । उनले भनेका थिए, ‘जनताले दुःख पाए भनेर ब्राम्हण समाज, पत्रकार महासंघले र्‍याली निकालदै छ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार र पत्रकार महासंघले र्‍याली निकाले बाँकी राखिने छैन ।’

नेपाल आदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले आइतवार रिपोर्टस क्लवको एक कार्यक्रममा शुरु देखिनै आक्रामक मुडमा देखीएका थिए र त्यसमा घिउ थपे टिभी जोर्नालिस्ट लेखेको टिशर्ट लगाएका एक मिडियाकर्मी।

कार्यक्रममा शेर्पाले के के बोले र कसरी रणमैदान बन्यो रिपोर्टस क्लव भीडियो हेर्न लिंकमा क्लिक गर्नुस …

http://www.youtube.com/watch?v=Nsrd2Hiq8yg&feature=player_embedded

सरकारले भिजिलान्ते छिरायोःलेखी
७  जेठ, काठमाडौ ।  नेपाल आदिवासी जनजाति महासंघले एक विज्ञप्ती जारी गरि सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको दाबी गरेको छ ।

महासंघ अध्यक्ष राजकुमार लेखीले आइतबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बन्दमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको देखिएको छ । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका कार्यकर्ता तथा सर्वसाधारणलाई लखेट्ने, गिरफ्तार गर्ने काम प्रहरीले गरेको छ भने अवांछित क्रियाकलाप गर्नेलाई प्रत्यक्ष संरक्षण दिएको देखिएबाट सरकारी संरक्षणप्राप्त भिजिलान्तेहरुको घुसपैठको पुष्टि हुन्छ ।’

लेखीले संचारकर्मीको मोटरमाथि आक्रमण गर्न खोज्ने एक समूहलाई नयाँ बानेश्वरमा आदिवासी जनजाति महिला महासंघकी सचिव टोमा लामा नेतृत्वको टोलीले लखेटेको विज्ञप्तीमा उल्लेख गरेका छन्।

बन्दको क्रममा जनताको असुविधालाई ध्यानमा राखेर काठमाडौंमा बिहान पाँचबजेदेखि अपरान्ह पाँच बजेसम्म मात्र बन्द कार्यक्रम संचालन हुने लेखीले जनाएका छन् ।

प्रेस विज्ञप्ति

मितिः ७ जेठ २०६९

१

कतिपय अप्रिय घटनालाई छाडेर ७२ घन्टे नेपाल बन्दको पहिलो दिन आज शानदार रुपमा सफल भएको छ । अधिकार र पहिचान सहित बहुप्रदेशको संघीयता तथा जनअधिकारको पक्षमा देशब्यापी रुपमा जनता सडकमा ओर्लिएका छन् । जनताको यो आवाज र भावना अझै पनि संविधानसभाका निर्णायक दलका निर्णायक नेता समूहको कानमा पुग्दैन भने उनीहरुलाई समयको प्रचण्ड प्रवाहले बगाएर लैजाने निश्चित छ ।

नेपाल आदिवासी जनजाति महासंघ सहितको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आव्हानमा भएको नेपाल बन्दको समानान्तर रुपमा आदिवासी जनजाति महासंघ सहितको सहकार्यमा थारु संयुक्त संघर्ष समितिले थरुहट तराई बन्द पनि जारि राखेको छ । यसरी आजको बन्दमा देखिएको जनसमर्थनले मुलुक अब कुनै पनि नामको अखण्डताको बहानामा पहिचान सहितको संघीयताबाट पछाडि फर्कन नसक्ने स्पष्ट भएको छ । यो तथ्यलाई संविधानसभाका निर्णायक दलका निर्णायक नेता समूहले स्विकार गर्न अब ढिलाई गर्न हुँदैन ।

२

नेपाल बन्दको दौरानमा प्रेसमाथि भएको आक्रमणप्रति नेपाल आदिवासी जनजाति महासंघ दुःख ब्यक्त गर्दछ । बन्दमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको देखिएको छ । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका कार्यकर्ता तथा सर्वसाधारणलाई लखेट्ने, गिरफ्तार गर्ने काम प्रहरीले गरेको छ भने अवांछित क्रियाकलाप गर्नेलाई प्रत्यक्ष संरक्षण दिएको देखिएबाट सरकारी संरक्षणप्राप्त भिजिलान्तेहरुको घुसपैठको पुष्टि हुन्छ । यस क्रममा काठमाडौंको चाबहिल र विशालनगरमा दुई जना भिजिलान्तेलाई हाम्रा आन्दोलनकारि साथीहरुले पक्राउ गरि प्रहरीलाई बुझाएको पनि जानकारि गराउँछौं । त्यसैगरि संचारकर्मीको मोटरमाथि आक्रमण गर्न खोज्ने एक समूहलाई नयाँ बानेश्वरमा आदिवासी जनजाति महिला महासंघकी सचिव टोमा लामा नेतृत्वको टोलीले लखेटेको छ ।

हामी प्रेस स्वतन्त्रता तथा प्रेसको निर्वाध सूचना संकलन गर्ने अकुण्ठित अधिकारप्रति सदैव निसर्त सम्मान गर्दछौं । प्रेसमाथिको आक्रमणलाई जायज ठहराउन किमार्थ सकिँदैन । कान्तिपुर एफएममा गएर आक्रमणको प्रयास गरिनु झनै निन्दनीय छ । श्रमजीवी पत्रकारहरुको ब्यक्तिगत सवारी साधनमा समेत भिजिलान्ते घुसपैठियाहरुबाट आक्रमण भएको छ । स्वतन्त्र प्रेस माथि हुने कुनै पनि किसिमको आक्रमण संचारकर्मीहरुको मात्र चिन्ता र सरोकारको विषय बन्न हुँदैन, यो हामी सबैको साझा चिन्ता र सरोकारको विषय हो । लोकतन्त्रको प्राणवायु भनेकै स्वतन्त्र प्रेस हो । नेपालमा प्रेस उपर सुनियोजित आक्रमण गम्भिर समस्याका रुपमा रहँदै आएको छ तर सुनियोजित तरिकाले प्रेस माथि हुने गरेका आक्रमण तथा क्षणिक आवेग र आक्रोशले हुने घटनालाई एउटै रुपमा नलिइदिन पनि हामी आग्रह गर्दछौं । तथापी, प्रेसमाथि जुनसुकै अवस्थामा भएको आक्रमण किन नहोस्, त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ भन्ने तथ्यप्रति हामी अत्यन्तै गम्भिर र सचेत रहेका छौं तथा सबैलाई सचेत हुन अपिल पनि गर्दछौं ।

३

हामीले बाध्य भएर बन्द कार्यक्रम गरेका हौं, यसका निम्ति नेपाल सरकार, संविधानसभालाई खल्तीमा हालेर बसेका केही नेताहरुको जिम्मेवार छन् । हामीले आम जनतालाई असुविधा होस् भनेर बन्द गरेका पनि होइनौं । त्यसैले ७२ घन्टे नेपाल बन्दको क्रममा आम जनताको असुविधालाई ध्यानमा राखेर काठमाडौंमा बिहान पाँचबजेदेखि अपरान्ह पाँच बजेसम्म मात्र बन्द कार्यक्रम संचालन हुने जानकारि गराउँदछौं । त्यसैगरि जिल्लामा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्न सकिने पनि जानकारि गराउँदछौं ।

आजको बन्दको दौरानमा काठमाडौंका विभिन्न ठाउँका साथै चितवन, नवलपरासी, बर्दिया, सुनसरी, कैलाली, पोखरा लगायतका जिल्ला तथा कैयन नगरहरुमा प्रहरीले शान्तिपूर्ण बन्दमा उत्रिएका जनतामाथि ज्यादती गरेको छ । यसैगरि देशभरिबाट शान्तिपूर्ण आन्दोलनमा उत्रिएका सयौंलाई गिरफ्तार गर्ने काम गरेको छ । प्रहरी प्रशासनले विभिन्न जातीय समुदायलाई भिडाउने कुत्सित मनसाय समेत राखेको देखिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ यस्ता सरकारी क्रियाकलापको घोर भतर््सना गर्दै गिरफ्तारहरुलाई बिना सर्त रिहा गर्न माग गर्दछ ।

नोट : नेपाल बन्दमा एम्बुलेन्स, प्रेस, रेडक्रस, दमकल, स्वास्थ्यसेवा, मानव अधिकार अनुगमन टोली, मलामी, जन्ती, कुटनितिक नियोग, विदेशी पर्यटक, पिउने पानीको टयाङ्कर, दूध, पेट्रोल, डिजेल ग्यास, औषधी पसल, औषधीको गाडी र सुरक्षा निकायका गाडीहरुलाई अवरोध नगर्न फेरि पनि हार्दिक अनुरोध गरिन्छ ।

आदिवासी जनजातिले गरेको आन्दोलन ठीक छः प्रचण्ड
७ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिले गरेको सङ्घर्ष आत्मपहिचानका लागि भएको बताएका छन्।

राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उत्पीडित जाति तथा क्षेत्रको पहिचान र आत्मसम्मान स्थापित गर्न गरिएको सङ्घर्ष जायज भएको उनले बताए।

उनले जनताको अधिकार स्थापित हुने गरी जेठ १४ गतेभित्रै पहिचानसहितको संघीयता भएको संविधान निर्माण हुने विश्वास व्यक्त गरे। उनले भने, ‘दलहरुको बीचमा नयाँ शिराबाट छलफल सुरु भएको छ, यो छलफलले सकारात्मक निकास निस्कन्छ । त्यसको लागि माओवादी सकारात्मक छ ।’ आदिवासी जनजाति सङ्घर्ष समितिद्वारा आयोजित नेपाल बन्दका क्रममा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उनले कोही कसैले पनि जनधनको क्षति पुर्‍याउनु नहुनेमा जोड समेत दिए। उनले भने- ‘आफ्नो अधिकार माग्दा अर्काको अधिकार खोस्नु हुँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी छ ।’

दलहरुको बीचमा आशङ्का र अविश्वास हट्दै गएकाले जनताले खोजेको जस्तै संविधान बन्छ भन्नेमा माओवादी विश्वस्त रहेको भन्दै प्रचण्डले अबको सात दिनभित्रै सम्पूर्ण जातजातिको अधिकार स्थापित हुने गरी संविधान बन्ने विश्वास व्यक्त गरे । रासस

पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिएपछि रिपोर्टर्स क्लवमा तनाव
काठमाडौं, जेष्ठ ७ – नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिएपछि आइतबार रिपोर्टर्स क्लवमा तनाव भएको छ । क्लवमा भएको साक्षात्कारमा शेर्पाले प्रेसमाथि भएको आक्रमणविरुद्ध पत्रकार महासंघले र्‍याली निकाले बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध गरेका थिए । उनले भनेका थिए, ‘जनताले दुःख पाए भनेर पत्रकार महासंघले र्‍याली निकालदै छ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार पत्रकार महासंघले र्‍याली निकाले बाँकी राखिने छैन ।’

शेर्पाले पत्रकारविरुद्ध धावा बोल्नेवित्तिकै समाचार संकलनमा उपस्थित पत्रकारले उनको भनाइको विरोध गरेका थिए । त्यसक्रममा पत्रकार ड्यासमा पुगेपछि कार्यक्रम सञ्चालन गरिरहेका क्लव अध्यक्ष ऋषि धमला, क्लवका उपाध्यक्ष मुकुन्द ढुंगानाले पत्रकारलाई सम्झाइ बुझाइ फर्काए ।

स्थिति असहज भएपछि पुगेको प्रहरीले जनजाति महासंघ महासचिव शेर्पासहित जनजाति नेताहरुलाई साक्षात्कार कक्षबाट बाहिर निकालेको थियो । बाहिर निस्कंदै गर्दा शेर्पाले क्लव अध्यक्ष धमलालाई नाम किटेरै ‘तलाईं छाडि्दन’ भन्दै निस्केका थिए भने शेर्पाको विरोध गर्ने पत्रकार खिला कार्कीलगायतको फोटो खिचेका थिए ।